Rule 6
विद्युत वितरणको सर्वेक्षण अनुमतिपत्रको लागि दरखास्त दिने
विद्युत वितरणको सर्वेक्षण गर्न चाहने व्यक्ति वा सङ्गठित संस्थाले अनुसूची–४ बमोजिमको ढाँचामा प्रस्तावित विद्युत वितरण परियोजनासँग सम्बन्धित देहायका विवरणहरु खुलाई तीन प्रति दरखास्त फाराम महानिर्देशक समक्ष दिनु पर्नेछ ः–
(क) वितरण क्षेत्रको नक्शा (जसमा त्यस क्षेत्रको भौगोलिक विवरण, विद्यमान वितरण प्रणाली र गर्न खोजिएको वितरण प्रणालीको प्रारम्भिक नक्शा समेत स्पष्ट रुपमा खुलाउनु पर्छ),
(ख) वितरण प्रणालीको उद्देश्य र आवश्यकता,
(ग) वितरण प्रणालीबाट लाभान्वित हुने उपभोक्ताहरुको संख्या र किसिम,
(घ) विद्युत खरिद वा प्राप्त गर्ने विन्दु र बिक्री वितरण सम्बन्धी अन्य विवरण,
(ङ) वितरण लाइन निर्माण गर्न लाग्ने अनुमानित लागत र कुल अवधि (सर्वेक्षण र निर्माण समेत),
(च) अन्य आवश्यक कुराहरु ।